काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले दिनको साडे तीन बजे आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको हो ।
कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा करीब ५४ गुणा बढी आवेदन परेको छ ।
कम्पनीको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म २४ लाख १५ हजार ९१९ जनाले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयर खरीदको आवेदन दिएका छन् । अन्तिम बाँडफाँटमा यो तथ्याङ्क भने परिवर्तन हुने विक्री प्रबन्धकको भनाइ छ ।
कम्पनीले प्रतिशेयर रू। १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक कम्पनीले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।