Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शेयर बजार ५३.३० अंकले बढ्यो

शेयर बजार ५३.३० अंकले बढ्यो

दैनिकी न्यूज

३, फाल्गुण २०७८
शेयर बजार ५३.३० अंकले बढ्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से ५३.३० अंकले बढेर २७ सय ५४ दशमलब २८ विन्दुमा पुगेको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १०.८३ अंकले बढेर ५२२.१३ विन्दुमा पुगेको छ ।

आज २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको शेयर मूल्य बढेको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहको शेयर मूल्य बढेको छ । यो जलविद्युत समूह सर्वाधिक ४.३२ प्रतिशतले बढेको छ । अन्य समूह ३.३८ प्रतिशत, बैंकिङ समूह ०.८४ प्रतिशत, व्यापार समूह १.३५ प्रतिशत, होटेल तथा पर्यटन समूह १.६३ प्रतिशत, विकास बैंक समूह २.७१ प्रतिशत, वित्त समूह २.८५ प्रतिशत, निर्जीवन बीमा समूह १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५४ प्रतिशत, लघुवित्त समूह २.८२ प्रतिशत, जीवन बीमा समूह १.२५ प्रतिशत, म्युचुअल फन्ड समूह ०.२ प्रतिशत र लगानी समूह २.४९ प्रतिशतले बढेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे २२ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेशनल हाइड्रो १८ करोड र नेपाल टेलिकम १७ करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५३ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १३ करोड २८ लाख रुपैयाँ, अपी पावरको ११ करोड ७५ लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड ४० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ५७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ६ करोड ८ लाख रुपैयाँ र निफ्राको ६ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

उच्च अंकले बढेको बजारमा आज न्यादी हाइड्रोपावरको सेयर मूल्य सबैभ्न्दा धेरै ९.०१ प्रतिशतले बढेको छ । त्यस्तै, तेह्रथुम पावर ८.७०, हिमालयन ऊर्जा, कालिका पावर, छ्याङ्दी हाइड्रोपावर र सिनर्जी पावरको मूल्य साढे ७ प्रतिशतले बढेको छ ।

त्यसैगरी, नारायणी विकास बैंक, राधी जलविद्युत्, जीवन विकास लघुवित्त, विजय लघुवित्त, घलेम्दी हाइड्रो, रुरु जलविद्युत्, नेरुडे लघुवित्त र पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ । 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - १५:१९:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology