Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सेयर बजारमा झिनो सुधार

सेयर बजारमा झिनो सुधार

दैनिकी न्यूज

२, फाल्गुण २०७८
सेयर बजारमा झिनो सुधार
images

काठमाडौं । सोमबार नेप्से सूचक झिनो अंकले सुधार भएको छ । बजार आज ०.०८ अंकले बढेर नेप्से परिसूचक २७००.९८ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.३६ अंकले घटेर ५११.३० को विन्दुमा आएर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँमा किनबेच भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने ५ वटाको शेयर मूल्यउ घटेको छ । एउटा समूह चाहिँ स्थिर रहेको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०.६१ प्रतिशतले बढेको छ । विकास बैंक समूह ०.३५ प्रतिशत, जीवन बीमा समूह ०.३५ प्रतिशत, वित्त समूह ०.२१ प्रतिशत, जलविद्युत समूह ०.१७ प्रतिशत र लघुवित्त समूह ०.२६ प्रतिशतले बढेको छ । उता व्यापार समूह सर्वाधिक १.३४ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशत, बैंकिङ समूह ०.१९ प्रतिशत, म्युचुअल फन्ड समूह ०.२६ प्रतिशत र निर्जीवन बीमा समूह ०.१२ प्रतिशतको गिरावट आएको छ। आज लगानी समूह स्थिर रहेको छ।

यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक ५४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १७ करोड ७ लाख, अरुण भ्याली हाइड्रोपावरको १५ करोड २३ लाख रुपैयाँ, अपी पावरको ११ करोड ५८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ४८ लाख रुपैयाँ, निफ्राको ११ करोड १० लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ५१ लाख रुपैयाँ, अप्पर तामाकोशीको ९ करोड ३३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३७ लाख रुपैयाँ र नबिल बैंकको ७ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

झिनो अंकले बढेको बजारमा आज बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सबैभ्न्दा धेरै ८.१३ प्रतिशतले बढेको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स ४.७२, नेशनल हाइड्रो ४.२८, किसान लघुवित्त ३.६०, नेपाल हाइड्रो डेभलपर ३.५५, कालिका लघुवित्त, सप्तकोशी विकास बैंक, ङादी ग्रुप, माउन्टेन हाइड्रो र वरुण हाइड्रोपावरको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।

आज मैलुङ खोला जलविद्युत्का सेयरधनीले भने सबैभ्न्दा धेरै ३.८५ प्रतिशत गुमाएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - १६:४६:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology