Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

दैनिकी न्यूज

२७, माघ २०७८
लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश
images

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँको कुल १० प्रतिशतले हुन आउने ११ करोड ९८ लाख ८९ हजार रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रतावित लाभांशमा ९.५२३८१ प्रतिशतले हुन आउने ११ करोड ४१ लाख ८० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४७६१९ प्रतिशतले हुन आउने ५७ लाख ९ हजार रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ। 

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - १०:४४:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology