काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक घटेको छ । आज नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । मंगलबार पनि नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा बन्द भएको थियो ।
आज ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको छ । मंगलबार ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.५४ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स, लगानी र व्यापार समूह पनि १ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु एक कम्पनीको शेयरमूल्य भने बढेको छ । आज लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो । यस कमपनीको शेयरमूल्य ३.८ प्रतिशतले बढेर प्रतिकित्ता ४०१ रुपैयाँ पुगेको छ ।
त्यस्तै, बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम साढे १४ करोड र नेशनल हाइड्रो १४ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।