Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रुडेन्शियल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

प्रुडेन्शियल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२५, माघ २०७८
प्रुडेन्शियल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशतले हुन आउने ४० लाख ८४ हजार ११९ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। 

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - १०:४५:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology