Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्र उत्थान लघुवित्तको आईपीओ फागुन ४ गतेदेखि निष्काशन हुँदै

राष्ट्र उत्थान लघुवित्तको आईपीओ फागुन ४ गतेदेखि निष्काशन हुँदै

दैनिकी न्यूज

२५, माघ २०७८
राष्ट्र उत्थान लघुवित्तको आईपीओ फागुन ४ गतेदेखि निष्काशन हुँदै
images

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्कासन गर्न लागेको सेयरमध्ये १३ हजार कित्ता कर्मचारीलाई र ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गते बैंकिङ समयपछि हुने भनिएको छ। इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन्।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।


हाल १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँटपश्चात २६ करोड पुग्नेछ।

राष्ट्र उत्थान लघुवित्तको यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। 

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - ०९:५७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology