Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार नेप्से सूचक दोहोरो अंकले बढ्यो

सोमबार नेप्से सूचक दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

२४, माघ २०७८
सोमबार नेप्से सूचक दोहोरो अंकले बढ्यो
images

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकले बढेको छ । बजार सूचक नेप्से १५.६९ अंकले बढेर २८५१.८६ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.०५ अंकले बढेर ५३५.३२ को विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ९५ लाख १२ हजार ५८० कित्ता सेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँमा किनबेच भएका छन् । यो दिन नेप्सेमा ६६ हजार ११३ वटा कारोबार भएका छन् ।

तर आइतबार नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा किनबेच भएका छन् । यो दिन नेप्सेमा ७३ हजार १९२ वटा कारोबार भएको थियो ।

आज कारोबारमा आएका १० वटा समूहहरुको शेयर मूल्यमा बढेको छ भने बाँकी ३ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन लगानी समूह सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ । अन्य समूह २.४१ प्रतिशत, व्यापार समूह ०.२५ प्रतिशत, विकास बैंक समूह ०.५२ प्रतिशत, जलविद्युत समूह ०.२ प्रतिशत, वित्त समूह ०.३६ प्रतिशत, निर्जीवन बीमा समूह ०.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत, जीवन बीमा समूह ०.८ प्रतिशत र म्युचुअल फन्ड समूह ०.२९ प्रतिशतले बढेको छ ।

उता यो दिन बैंकिङ समूह सर्वाधिक ०.२१ प्रतिशतले बढेको छ । होटेल तथा पर्यटन समूह ०.१४ प्रतिशत, लघुवित्त समूह ०.०८ प्रतिशतले घटेको छ ।

sector.PNG

 

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - १५:१०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology