काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार सूचक नेप्से ४०.५७ अंकले घटेर २८३६.१७ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले घटेर ५३१.९२ को विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा किनबेच भएका छन् । यो दिन नेप्सेमा ७३ हजार १९२ वटा कारोबार भएका छन् ।
तर बिहीबार नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै बिहीबार बजार सूचक नेप्से १४.६० अंकले घटेर २८७६.७४ को विन्दुमा आएर आजको कारोबार बन्द भएको थियो ।
आज कारोबारमा आएका १३ वटै समूहहरुको शेयर मूल्यमा गिरावट आएको छ ।

आज अरुण भ्याली हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यसको ५४ करोड बढीको सेयर किनबेच भएको छ ।

सर्वाधिक कमाउने कम्पनीहरु

सर्वाधिक गुमाउने कम्पनीहरु
