Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

दैनिकी न्यूज

२३, माघ २०७८
जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?
images

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमा नै करिब ६ लाख जनाले आवेदन गरेका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबार साँझ पाँच बजेसम्ममा ५ लाख ८१ हजार ४९८ जना आवेदकबाट ७२ करोड ६५ लाख ४६ हजार रुपैयाँ बराबरको ७२ लाख ६५ हजार ४६० कित्ता सेयर खरीदका लागि माग आवेदन परेको हो ।

यो संख्या सर्वसाधारणबाट आवेदन माग गरिएको तुलनामा १४.८९ गुणा बढी हो । शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको कम्पनीले ४ लाख ८७ हजार ९०० कित्ताका लागि सार्वजनिक आह्वान गरेको थियो ।

लघुवित्तले कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा सर्वसाधारणमा जारी हुने सेयरको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार माघ २१ गतेबाट बिक्री खुला हुने आइपिओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

पोखरामा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ। संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा सो शेयर निष्काशन पश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ। 

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - ०७:२९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology