Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बिक्री खुला, कसरी दिने आवेदन ?

आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बिक्री खुला, कसरी दिने आवेदन ?

दैनिकी न्यूज

२१, माघ २०७८
आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बिक्री खुला, कसरी दिने आवेदन ?
images

काठमाडौं । आजदेखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपिओ बिक्री खुला गर्ने भएको छ।

संस्थाले ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ। बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार माघ २१ गतेबाट बिक्री खुला हुने आइपिओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

पोखरामा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ। संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा सो शेयर निष्काशन पश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ।

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - ०८:३९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology