Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

माथिल्लो तामाकोशीः पिकआवरमा ३५० मेगावाट विद्युत उत्पादन

माथिल्लो तामाकोशीः पिकआवरमा ३५० मेगावाट विद्युत उत्पादन

दैनिकी न्यूज

२१, माघ २०७८
माथिल्लो तामाकोशीः पिकआवरमा ३५० मेगावाट विद्युत उत्पादन
images

दोलखा । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमाभन्दा साँझ बिहानमा बढी हुने गरेको छ ।

साँझ बिहान आयोजनाको पिकिङ आवर भएकाले दिनमा भन्दा बढी उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ट प्रमुख मित्रमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि १० बजेसम्म पिकिङ आवर भएकाले ३५० मेगावाटसम्म उत्पादन हुन्छ । दिनमा ३० देखि ४० मेगावाट मात्र उत्पादन हुने गरेको छ । अहिले फिक्स नभइसकेकाले माग अनुसार विद्युत दिनु पर्दा बढीभन्दा बढी उत्पादन दिने गरिएको छ ।

दिनमाभन्दा रातमा विद्युत् खपत हुने गरेकाले छ वटै युनिटमा उत्पादित विद्युत् माग आए अनुसार यसरी वितरण गरिएको प्रशासन वरिष्ट प्रमुख पोखरेलले जानकारी दिए ।

मानिसले धेरै विद्युत् प्रयोग गर्दा आयोजनाको उत्पादन बढ्ने तथा कम प्रयोग हुँदा कम हुने क्रम चलिरहेको छ । मङसिरदेखि जेठसम्म सुख्खा समय हुने हुँदा पानीको सतह घट्दै जाने हुँदा पिक आवरबाहेक उत्पादन घट्नु सभाविक रहेको उनको भनाइ छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृह २२० गोँगर–खिम्ती २२० केभी डबल सर्किट प्रशारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म र त्यहाँबाट खिम्ती–ढल्केबर चार सय ÷२२० केभी प्रशारण लाइनमार्फत विद्युत् वितरण भइरहेको छ ।

गत असार महिनामा पहिलो युनिटबाट उत्पादन थालिएको आयोजनाको भदौ अन्तिमसम्ममा छ वटै युनिट सञ्चालन भएका थिए । समाचार आजको गोरखापत्र दैनिकमा बाबुराम शर्माले लेखेका छन । धितो

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - ०७:५८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology