Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गठबन्धनको निरन्तरताबारे नेपाली काँग्रेसभित्र दुई धार

गठबन्धनको निरन्तरताबारे नेपाली काँग्रेसभित्र दुई धार

दैनिकी न्यूज

२१, माघ २०७८
गठबन्धनको निरन्तरताबारे नेपाली काँग्रेसभित्र दुई धार
images

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् ।

सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहेका छन् ।

तर, इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको निष्कर्षमा पुगेको छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू अलमलमा परेपछि डा. कोइरालाले गठबन्धनको आवश्यकता अब नरहेको बताएका थिए । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्नेसमेत बताउँदै आइरहेका छन् । सो समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित युवा नेता गगन थापासमेत आगामी निर्वाचनमा कांग्रेस कुनै दलसँग गठबन्धन गरेर नजाने र एक्लै भिड्ने बताउँदै आइरहेका छन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

 

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - ०७:३५:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology