Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

दैनिकी न्यूज

२०, माघ २०७८
नेप्सेमा दोहोरो अंकको गिरावट
images

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार सूचक नेप्से १४.६० अंकले घटेर २८७६.७४ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२५ अंकले घटेर ५३९.६५ को विन्दुमा खुम्चिएको छ। यो दिन नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँमा किनबेच भएका छन्।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने ठूलो बढोत्तरी आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम २ अर्बले बढेर साढे ८ अर्ब नाघेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र निर्जीवन बीमा समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ०.१९ प्रतिशतले बढेको छ भने फाइनान्स समूह सबैभन्दा धेरै १.३१ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका २२४ कम्पनीमध्ये ६० कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको घटेको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण भ्याली हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यसको ८२ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर ५२ करोड र शिखर इन्स्योरेन्स २६ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

दोहोरो अंकले घटेको बजारमा २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बुद्धभूकिका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, साहस ऊर्जा ६.०६, अरुण भ्याली ५.३३, मैलुङ खोला ४.२५, न्यादी हाइड्रोपावर ४.१३, तेह्रथुम पावर, सिनर्जी पावर र सामुदायिक लघुवित्तको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरै बढेको छ ।

घट्दो बजार आज आरएमडीसी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ३.४९ प्रतिशत गुमाएका छन् । 

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - १७:०६:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology