Logo

आइतवार, श्रावण २४ गते २०८३

images

समृद्धि फाइनान्सको हकप्रद फागुन ८ बाट बिक्री खुला हुने

समृद्धि फाइनान्सको हकप्रद फागुन ८ बाट बिक्री खुला हुने

दैनिकी न्यूज

२०, माघ २०७८
समृद्धि फाइनान्सको हकप्रद फागुन ८ बाट बिक्री खुला हुने
images

काठमाडठौं । समृद्धि फाइनान्स कम्पनीले फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले २ः१ अनुपातमा १०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो।

यो हकप्रदमा सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

यसैगरी समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय मकवानपुरको हेटौँडा तथा शाखा कार्यालयहरु बुटवल, पोखरा, नारायणघाट र काठमाण्डौबाट पनि आवेदन दिन सकिन्छ।

हकप्रद बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौको नक्सारस्थित नारायणचौरमा रहेको कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

समृद्धि फाइनान्सको हकप्रदमा आउँदो फागुन २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने छन् ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८१ करोड ९० लाख रुपैयाँ पुग्नेछ।

यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर २९ गते निष्कासनको अनुमति दिएको थियो।
वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। 

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - ०९:२९:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology