Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तयार रहनुहोस्, जाल्पा सामुदायिक लघुवित्तको आईपीओ माघ २१ गतेदेखि निष्काशन

तयार रहनुहोस्, जाल्पा सामुदायिक लघुवित्तको आईपीओ माघ २१ गतेदेखि निष्काशन

दैनिकी न्यूज

१४, माघ २०७८
तयार रहनुहोस्, जाल्पा सामुदायिक लघुवित्तको आईपीओ माघ २१ गतेदेखि निष्काशन
images

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो।

जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपिओमा माघ २५ गतेसम्म आवेदन दिन सकिने छ । तोकिएको समयमा मागबमोजिम आवेदन नपरेको खण्डमा मात्रै यो आईपीओको निष्कासन बन्द ढिलोमा फागुन ६ गते बैंकिङ समयपश्चात हुनेछ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २ सय २० कित्ताको लागि दिन सकिने छ ।

कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको केन्द्रिय कार्यालय कास्कीमा रहेको छ । 

images
प्रकाशित मिति :माघ १४, २०७८ शुक्रवार - ०९:०३:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology