Logo

आइतवार, श्रावण २४ गते २०८३

images

झिनो अंकले बढ्यो नेप्से सूचक

झिनो अंकले बढ्यो नेप्से सूचक

दैनिकी न्यूज

१३, माघ २०७८
झिनो अंकले बढ्यो नेप्से सूचक
images

काठमाडौं । आज बजार ३.३३ अंकले बढेर नेप्से परिसूचक २ हजार ७७९.९८ को विन्दुमा आइ। आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले बढेर ५१८.७२ को विन्दुमा पुगेको छ। यो दिन २२४ कम्पनीका ६६ लाख ७५ हजार २३१ कित्ता सेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँमा किनबेच भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा शेयर मूल्य बढेको छ भने बाँकी ६ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.०४ प्रतिशतले बढेको छ । अन्य समूह ०.८ प्रतिशत, जलविद्युत समूह ०.१६ प्रतिशत, वित्त समूह ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.३५ प्रतिशत र लगानी समूह ०.५४ प्रतिशतले बढेको छ ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.६९ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड ०.५८ प्रतिशत, बैंकिङ समूह ०.२४ प्रतिशत, व्यापार समूह ०.२४ प्रतिशत, विकास बैंक समूह ०.४५ प्रतिशत र जीवन बीमा समूह ०.०१ प्रतिशतले घटेको छ ।

आज नेसनल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको ११ करोड ४७ लाख, अपी पावरको ११ करोड १७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १० करोड ९९ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको ९ करोड २५ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ६३ लाख रुपैयाँ, एचआईडीसीएलको ८ करोड ४४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ३७ लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरको ८ करोड ३२ लाख रुपैयाँ र नेपाल लाइफको ६ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यो दिन बुद्धभूमि नेपाल हाइड्रोपावर र विन नेपाल लघुवित्तको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो। आज सीईडीबी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ। 

images
प्रकाशित मिति :माघ १३, २०७८ बिहिवार - १७:११:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology