Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वर्षा र केही स्थानमा हिमपातको सम्भावना

वर्षा र केही स्थानमा हिमपातको सम्भावना

दैनिकी न्यूज

७, माघ २०७८
वर्षा र केही स्थानमा हिमपातको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। जसकारण देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती र प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षारहिमपात भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू(भागहरुमा आंशिक देखि सामान्यतया बदली रहने तथा तराईका भू(भागमा आंशिक बदली रहने भएको छ। पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशको थोरै स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - ०८:०३:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology