काठमाडौं । सेयर बजारमा बुधबार पनि दोहोरो अंकको करेक्सन आएको छ। आज नेप्से सूचक ३८.३५ अंकको गिरावट आउदै २८९८.३१ को विन्दुमा आएर आजको कारोबार बन्द घएको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा किनबेच भएका छन्। तर नप्ेसे हिजो १० दशमलव ७८ अंकले घटेर २९३६.६६ को विन्दुमा आएर कारोबार बन्द भएको थियो ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहको शेयर मूल्य घटेको छ । यो दिन अन्य समूह सर्वाधिक २.६७ प्रतिशतले घटेको छ । व्यापार समूह २.५४ प्रतिशत, बैंकिङ समूह ०.७३ प्रतिशत, विकास बैंक समूह १.२२ प्रतिशत, वित्त समूह २.०२ प्रतिशत, होटेल तथा पर्यटन समूह २.३६ प्रतिशत, जलविद्युत समूह १.७१ प्रतिशत, लगानी समूह १.५८ प्रतिशत, जीवन बीमा समूह १.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.४४ प्रतिशत, लघुवित्त समूह १.३७ प्रतिशत, म्युचुअल फन्ड समूह १.२६ प्रतिशत र निर्जीवन बीमा समूह ०.८९ प्रतिशतले घटेको छ ।
आज अपी पावरको सर्वाधिक २० करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २० करोड ७ लाख, एचआईडीसीएलको १५ करोड ३१ लाख रुपैयाँ, अप्पर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १४ करोड १ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १३ करोड ३३ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको १२ करोड ८९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ४१ लाख रुपैयाँ, नेपाल टेलिकमको १२ करोड ३५ लाख रुपैयाँ र सेन्चुरी कमर्सियल बैंकको ११ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज २ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर र सामलिङ्ग पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन घलेम्दी हाइड्रो र कालिका लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।