काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै आज प्रतितोला छापावाल सुन ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ। शुक्रबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १२ सय ६० रुपैयाँमा किनबेच भएको थियो।