Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न बीमा समितिको निर्देशन

जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न बीमा समितिको निर्देशन

दैनिकी न्यूज

२९, पौष २०७८
जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न बीमा समितिको निर्देशन
images

काठमाडौं । नियामक निकाय बीमा समितिले जीबन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ ।

अर्को व्यवस्था नहुँदासम्म जीवन बीमा कम्पनीहरुलाई बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि बाहेक नगद लाभांश नगर्न अनरोध गरेको हो ।

बीमा समितिका अनुसार बीमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बीमकलाई आइपर्न सक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुनजेलसम्मको लागि नगद लाभांश वितरणमा रोक लागाएको हो ।

यसअघि निर्जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरणमा रोक लगाइसकेको छ ।

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - १६:१४:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology