काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको भाउ स्थिर रहेको थियो।
आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो।