Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ स्थिर

आइतबार सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

२५, पौष २०७८
आइतबार सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । आइतबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ। योसँगै प्रतितोला छापावाल सुन ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँ नै कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाका १२ सय २५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १२ सय २५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - १३:०९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology