काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ । तर बिहीबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको थियो ।