काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढेर प्रति तोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ६०० रुपैयाँले नै बढेर प्रति तोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको छ ।