काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२ सय ६५ रुपैयाँ भाउ कायम गरिएको महासंघले जनाएको छ ।