Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कृषि विकास बैंकसहित दुई कम्पनीले घोषणा गर्यो लाभांश

कृषि विकास बैंकसहित दुई कम्पनीले घोषणा गर्यो लाभांश

दैनिकी न्यूज

२, पौष २०७८
कृषि विकास बैंकसहित दुई कम्पनीले घोषणा गर्यो लाभांश
images

काठमाडौं । कृषि विकास बैंक र पोखरा फाइनान्सले लाभांश घोषणा गरेको छ ।

कृषि विकास बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको संचालक समितिको ९३७ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र वैकको स्वकृती प्राप्त भए पश्चात आर्थिक वर्ष २०७७–०७८ को वार्षिक साधारण सभाबाट अनुमोदन गराई बैंकको आर्थिक वर्ष २०७७–०७८ मा कायम रहेको साधारण चुक्ता पुजीको २० प्रतिशतले बोनस लाभांश र बोनस लाभांशमा लाग्ने कर १.०५२६ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने र नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको हो।

त्यस्तै पोखरा फाइनान्सको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८.०७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.४२५ प्रतिशत नगद लाभांश गरि कुल ८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।


नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ । 

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - ११:०२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology