Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुटवल पावरको लाभांश घोषणा, कहिले हुदै छ त बुक क्लोज ?

बुटवल पावरको लाभांश घोषणा, कहिले हुदै छ त बुक क्लोज ?

दैनिकी न्यूज

२९, मंसिर २०७८
बुटवल पावरको लाभांश घोषणा, कहिले हुदै छ त बुक क्लोज ?
images

काठमाडौँ। बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांशको प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायाम चुक्ता पुँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले आगामी पुस २६ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १०:३३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology