Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

बंगलादेशले नेपालको निजी क्षेत्रसँग पनि बिजुली किन्ने

बंगलादेशले नेपालको निजी क्षेत्रसँग पनि बिजुली किन्ने

दैनिकी न्यूज

२९, मंसिर २०७८
बंगलादेशले नेपालको निजी क्षेत्रसँग पनि बिजुली किन्ने
images

काठमाडौं । बंगलादेशले नेपालको बिजुली निजी क्षेत्रसँग समेत सहकार्य गरी दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरेर लैजाने तयारी थालेको छ । बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले यस्तो तयारी भइरहेको बताए ।  

नेपालका लागि यो महत्त्वपूर्ण उपलब्धि रहेको परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताए । बंगलादेशले नेपालमा उत्पादन हुने बिजुली आउँदो वर्षबाटै खरिद गर्नेसमेत प्रतिबद्धता जनाएको छ । ‘नेपालमा उत्पादित बिजुली खपत नभएर खेर गइरहेको अवस्था छ । त्यो विद्युत् हामी खरिद गर्न सक्छौं,’ बंगलादेशका ऊर्जामन्त्रीको भनाइ उद्धृत गर्दै परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

राज्यमन्त्री हमिदले नेपालबाट बिजुली आयातका लागि प्रसारणलाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनसमेत निर्माण थालनी गरिने बताएका छन् । बंगलादेशले सन् २०२६ सम्ममा नेपालबाट ३५ सय मेगावाटसम्म बिजुली खरिद गर्ने र त्यसका लागि पूर्वतयारीको काम सन् २०२२ को मार्चभित्र सकिसक्ने प्रतिबद्धता पनि उनले जनाए । ‘मार्चमा म नेपाल भ्रमण गरेर यो विषयको टुंगो लगाउनेछु,’ राज्यमन्त्री हमिदले भने । बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग सीधै विद्युत् खरिद सम्झौता गराउने गृहकार्य सुरु गर्ने पनि उनले बताए ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - ०७:४२:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology