काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको दोस्रो चरणमा भएको निर्वाचनमा एकसय १ ३ जना अनुपस्थित भएका छन् ।
निर्वाचन समितिले दिएको समयमा कुल मतदातामध्य ४ हजार ५ सय ६२ मत खसेको छ ।
काङ्ग्रेसको ४ हजार ७ सय ४३ मतदाता थिए । पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो तर दोस्रो चरणमा भएको निर्वाचनमा १ सय १३ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणमा सभापति उम्मेदवार रहेका ५ जनामध्य कसैले पनि पचास प्रतिशत कटाउन नसकेपछि फेरि निर्वाचन भएको हो । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् ।