काठमाडौँ। मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से ) बजार खुलेको साढे दुई घण्टा नपुग्दै ६% ले बढेको छ। ६% बढेपछी सर्किट ब्रेकर लागेर बजार आजको दिनको लागि बजार बन्द भएको छ।
बजार खुलेको २ घण्टा नपुग्दै ५% ले बढेपछी १२ :३८ देखि ४० मिनेटको लागि करोबार बन्द भएको थियो । त्यसपछि १: १८ बजे सुचारु भएको बजार फेरि दिउँसो १:२६ बजे ६% बढेपछि सर्किट ब्रेकर लागेको छ। आज बजार बन्द हुँदा २२० कम्पनीहरुको रु.१ अर्ब ८४ करोड २६ लाख ४७ हजार १४४.१८ बराबरको ४० लाख ८५ हजार ९ सय ५६ कित्ता शेयर करोबार भएका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से )मा बजार खुलेको पहिलो घण्टामा ४% ले बढेमा वा घटेमा २० मिनेटको लागि कारोबार बन्द हुने नियम रहेको छ। यस्तै, दोश्रो घण्टा अर्थात १ बजे सम्म इंडेक्स ५% ले बढेमा वा घटेमा कारोबार ४० मिनेटको लागि बन्द रहेने छ। त्यसैगरी १ बजे पछि नेप्से इंडेक्स ६% ले बढेमा वा घटेमा उक्त कारोबार दिनको लागि बजार बन्द रहने व्यवस्था रहेको छ।