Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शेयर बजार घट्न केही नचाहिने भए पनि बढ्नलाई केही नयाँ कुरा चाहिने रहेछ

शेयर बजार घट्न केही नचाहिने भए पनि बढ्नलाई केही नयाँ कुरा चाहिने रहेछ

दैनिकी न्यूज

२६, मंसिर २०७८
शेयर बजार घट्न केही नचाहिने भए पनि बढ्नलाई केही नयाँ कुरा चाहिने रहेछ
images

काठमाडौं । यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् । यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रिक्त रहेको प्रमुखहरूको नियुक्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउन लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । लामो समयसम्म यस्ता निकाय नेतृत्वविहीन बन्दा बजारको यो हालत भएको बताउँछन् लगानीकर्ता सञ्जीव पौडेल । यद्यपि अहिलेको समस्याको मुख्य जड भनेको बैङ्कहरूको तरलता अभाव नै हो ।

“बैङ्कहरूमा पैसा छैन, ऋण लिन जाँदाको त कुरै छाडौँ । स्वीकृत भएको ऋण पनि बैङ्कहरूले दिएका छैनन्,” उनले भने ।नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्ज नेतृत्वविहीन छ । बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना बर्खास्त भएको दुई महिनाभन्दा बढी भइसकेको छ । नेपाल स्टक एक्सचेन्जमा पनि प्रमुख कार्यकारी अधिकृत नभएको तीन महिना भइसकेको छ । यतिबेला लगानीकर्तालाई धैर्य र संयमित भएर अगाडि बढ्न सुुझाव दिँदै सेयर लगानीकर्ता दबाब समूूहका संयोजक हरि ढकाल अत्तालिएर सेयर बिक्री नगर्न सुुझाव दिन्छन् । घटेको बजारमा बिक्री गर्नेतर्फ होइन धैर्य राख्न सके राम्रो हुुन्छ ।

पुराना र अनुभवी लगानीकर्ता तथा सेयर बजार विश्लेषक अहिलेको घट्दो सेयर बजार लामो समयसम्म नजाने आशामा छन् । अहिलेको बजारले नियामक निकाय र सरोकारवाला निकायको ग्रिन सिग्नल’ खोजिरहेको सेयर बजार विश्लेषक बीके मिश्रले बताए । सेयर बजार घट्न केही नचाहिने भए पनि बढ्नलाई केही नयाँ कुरा चाहिने उनको भनाइ छ । निर्वाचन घोषणाले स्थानीय निर्वाचन चाँडै हुँदै छ । निर्वाचन घोषणा मात्रै भयो भने त्यसको प्रभाव सेयर बजारसम्म पुग्ने बताउँछन् । “स्थानीय निर्वाचन घोषणा गर्नेबित्तिकै गाउँगाउँसम्म चहलपहल बढ्छ । मानिस केही न केही लिएर गाउँ जान्छन् अनि आर्थिक क्रियाकलाप बढ्छ । त्यसको प्रभाव सेयर बजारसम्म आइपुग्छ,” उनले भने । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - ०८:२३:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology