काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बैंकको सोमवार कायम अन्तिम मूल्य ४३१.७० रुपैयाँको आधारमा नेप्सेले बोनस शेयरपछिको मूल्य ३७८.६८ रुपैयाँ तोकेको हो ।
बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७-0७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
हाल बैंकको चुक्तापूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ रहेको छ ।