Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

२१, मंसिर २०७८
प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
images

काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७७–०७८ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ।

बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग योग्य हुनेछन्।

प्राइम बैंकले गत आर्थिक वर्षका लागि कुल १६.६३१३ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद लाभांश रहेका छन्।

बैंकले आउँदो पुस ६ गते १४ औँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

images
प्रकाशित मिति :मंसिर २१, २०७८ मंगलवार - ०९:१५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology