काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२२ अंकले बढेको छ । आज नेप्से ३२.२२ अंकले बढेर २ हजार ५ सय ४६ दशमलब ०९ विन्दुमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.६३ अंकले बढेर ४८०.९८ को विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ९४ लाख ७१ हजार ३११ कित्ता सेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१।३६ रुपैयाँमा किनबेच भएका छन्।
नेप्सेका अनुसार नेप्सेमा उच्च गिरावट भए पनि आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय १० दशमलब ५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज जनउत्थान सामूदायिक लघुवित्त र न्यादि हाइड्रो पावारको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज जनउत्थान सामूदायिक लघुवित्त कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नविल बैंकको भएको छ । यस बैंकको आज १७ करोडभन्दा बढीको कारोबार भएको छ ।