Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यी हुन लाभांश प्रस्ताव गर्ने २१ ओटा वाणिज्य बैंकहरु

यी हुन लाभांश प्रस्ताव गर्ने २१ ओटा वाणिज्य बैंकहरु

दैनिकी न्यूज

८, मंसिर २०७८
यी हुन लाभांश प्रस्ताव गर्ने २१ ओटा वाणिज्य बैंकहरु
images

काठमाडौं । दोस्रो बजारमा सूचीकृत २६ ओटा वाणिज्य बैंकहरुमध्ये २१ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन् । बाँकी पाँच ओटा बैंकले लाभांश घोषणा गर्न रहेको छ ।

चालू आर्थिक वर्षको चार महीना बितिसक्दा पनि सिभिल बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल एसबिआई बैंक, सेञ्चुरी कमर्सियल बैंक र कृषि विकास बैंकले लाभांश घोषणा गरेको छैनन् ।

गत आवको मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गरेका २१ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीले साधारण सभासमेत सम्पन्न गरिसकेका छन् । सानिमा बैंक,कुमारी बैंक सिटीजन्स इन्टरनेशनल बैंक, माछापुच्छ्रे बैंक र नेपाल बङ्गलादेश बैंकले साधारण सभाबाट लाभांश पारित गरिसकेका हुन् ।

कतिपय कम्पनीहरुले साधारण सभाको मितिसमेत तय गरिसकेका छन् । हालसम्ममा लाभांश वितरण गर्ने घोषणा गरेका २१ ओटा ती कम्पनीमध्ये सबैभन्दा बढी नबिल बैंकले ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश गरेर कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

त्यसैगरी सबैभन्दा कम सनराइज बैंकले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश९ कर प्रयोजनको लागि० समेत गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लाभांश वितरण गर्न बाँकी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी लाभांश क्षमता कृषि विकास बैंकको रहेको छ । कम्पनीको लाभांश क्षमता १० दशमलव ५६ प्रतिशत रहेको छ । त्यसैगरी नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ६ दशमलव ९२ प्रतिशत, सेञ्चुरी कमर्सियल बैंकको ६ दशमलव ५८ प्रतिशत,सिभिल बैंकको ५ दशमलव ७६ प्रतिशत र नेपाल एसबिआई बैंकको ३ दशमलव ५ प्रतिशत लाभांश क्षमता रहेको छ । आर्थिक अभियानबाट 

images
प्रकाशित मिति :मंसिर ८, २०७८ बुधवार - ०७:२५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology