Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज नेप्से ११ अंकले घट्यो

आज नेप्से ११ अंकले घट्यो

दैनिकी न्यूज

५, मंसिर २०७८
आज नेप्से ११ अंकले घट्यो
images

काठमाडौं । आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ११ दशमलव ६० अंकले घटेर २७ सय ५७ दशमलव ५३ को बिन्दुमा पुगेर आजको कारोबार रोकिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७५ अंकले घटेर ५१८.२५ को विन्दुमा ओर्लेको छ।

आज कारोबारमा आएका २२५ कम्पनीका ७८ लाख ९४ हजार ४ सय ६८ कित्ता शेयर खरीद बिक्रिबाट ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३ सय १९ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका हाइड्रोपावर र उत्पादन तथा प्रशोधन बाहेकका सबैसमुहगत सूचक घटेका छन् । जस मध्ये ट्रेडिङ समुह सबैभन्दा धेरै १.८७ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समुह १.४९ प्रतिशतले बढेको छ भने हाइड्रो समुह ०.४१ प्रतिशतले बढेको छ ।

यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक ५० करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोको २३ करोड ८४ लाख रुपैयाँ, एनटीसीको २२ करोड ६२ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २१ करोड ५० लाख रुपैयाँ, अरुण काबेली पावरको १४ करोड २५ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ६७ लाख रुपैयाँ, एचआईडीसीएलको ११ करोड ६५ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ८ करोड ७४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

आज तेह्रथुम पावरको शेयर मूल्य सर्बाधिक ४.२१ प्रतिशतले घटेको छ भने आईसीएफसी फाइनान्सको शेयर मूल्य ३.८९ प्रतिशतल घटेको छ । 

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - १६:२९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology