काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रहेको छ भने तेजावी सुनको भाउ ९३ हजार २ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ १२ सय ६० कायम भएको महासंघले जनाएको छ ।