काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आकर्षक लाभांश घोषणा गरेको हो । कम्पनीले २५ प्रतिशतका दरले हुन आउने ५० करोड २६ लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ प्रतिशतका दरले हुन आउने ४ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र बितरण हुनेछ।