Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनचाँदीको भाउ बढ्यो, आइतबार कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ बढ्यो, आइतबार कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२८, कार्तिक २०७८
सुनचाँदीको भाउ बढ्यो, आइतबार कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँ पुगेको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर १२ सय९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँ बढेर १२ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - ११:४५:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology