काठमाडौं । नेपाली बजार बिहीबार पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामै १३ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँ पुगेको छ।
हिजो बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
लगातार स्थिर रहँदै आएको चाँदीको भाउ आज तोलामा २० रुपैयाँ बढेर १२ सय ७० रुपैयाँ पुगेको छ। हिजो स्थिर रहँदै चाँदी तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।