Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार सुनको भाउ घट्यो

मंगलबार सुनको भाउ घट्यो

दैनिकी न्यूज

२३, कार्तिक २०७८
मंगलबार सुनको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउआज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ । त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२ सय ५० मा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - ११:१७:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology