काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवार गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले ५.५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६१८ दशमलव शून्य १ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. ६५२ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।