Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सिनर्जी पावरको ७ लाख ३३ हजार बढी शेयर नेप्सेमा सूचीकृत

सिनर्जी पावरको ७ लाख ३३ हजार बढी शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

१७, कार्तिक २०७८
सिनर्जी पावरको ७ लाख ३३ हजार बढी शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सिनर्जी पावरको ७ लाख ३३ हजार २५० कित्ता बोनस शेयर बुधबार सूचीकृत भएको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।

कम्पनीले २०७८ भदौ १८ गते सम्पन्न १५ औं साधारण सभाबाट उक्त बोनस अनुमोदन गरेको थियो ।

सोही १० प्रतिशतबराबरको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। 

images
प्रकाशित मिति :कार्तिक १७, २०७८ बुधवार - १४:५३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology