Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनचाँदी दुवैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी दुवैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१७, कार्तिक २०७८
सुनचाँदी दुवैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । सुनको भाउ एकैदिन ५०० रुपैयाँले घटेको छ । बुधबार सुनचाँदीको भाउमा गिरावट आएको हो । यस दिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको पनि भाउ वृद्धि भएर प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच भएको छ । मंगलबार, सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

कुकुर तिहारको दिन चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा नै २५ रुपैयाँले घट्दा प्रतितोला १२ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । महासंघको तथ्यांक अनुसार मंगलबार भने चाँदी तोलामा पाँच रुपैयाँले उकालोलाग्दा प्रतितोला १२ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७८ बुधवार - १२:२१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology