Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नबिल बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस ?

नबिल बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस ?

दैनिकी न्यूज

१६, कार्तिक २०७८
नबिल बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस ?
images

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको तयारी गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हालसम्म घोषणा गरेका वाणिज्य बैंकहरुको भन्दा नबिल बैंकको लाभांश सर्वाधिक रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - २०:५६:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology