Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मनकामना स्मार्ट लघुवित्तले घोषणा गर्यो लाभांश

मनकामना स्मार्ट लघुवित्तले घोषणा गर्यो लाभांश

दैनिकी न्यूज

१६, कार्तिक २०७८
मनकामना स्मार्ट लघुवित्तले घोषणा गर्यो लाभांश
images

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १६ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ। १७ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - १०:४१:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology