Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनको भाउ बढ्यो, चाँदी स्थिर

मंगलबार सुनको भाउ बढ्यो, चाँदी स्थिर

दैनिकी न्यूज

९, कार्तिक २०७८
मंगलबार सुनको भाउ बढ्यो, चाँदी स्थिर
images

काठमाडौं । मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९२ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १२ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १२ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :कार्तिक ९, २०७८ मंगलवार - १२:०४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology