काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँ बढेको छ । यो दिन सुनको भाउ बढेर ९१ हजार ७०० रुपैयाँ कायम भएको हो । छापावाल सुनको भाउ बुधबार भने प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार हुनेछ, जुन बुधबार भने प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार चाँदीको भाउ भने सोमवारको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेर १२ सय ६० रुपैयाँ पुगेको छ । चाँदी बुधबार प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।