Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मौसम पूर्वानुमानः मौसम सफा रहने

मौसम पूर्वानुमानः मौसम सफा रहने

दैनिकी न्यूज

२९, आश्विन २०७८
मौसम पूर्वानुमानः मौसम सफा रहने
images

काठमाडौं । हाल देशको पुर्वी भु–भागमा उत्तरपश्चिमी बंगालको खाँडीमा अवस्थित निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र बाग्मती पहाडी भु–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै राती देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

 

images
प्रकाशित मिति :आश्विन २९, २०७८ शुक्रवार - ११:१४:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology